झापा, जेठ २० । भारतले नयाँ संसद भवनमा राखिएको भित्तेचित्रप्रति नेपालमा उत्पन्न विवादप्रति पहिलोपटक आधिकारिक जवाफ दिएको छ ।

नयाँ संसद भवनमा दक्षिण एशियाको भौगोलिक भित्तेचित्र राखिएको छ । जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि देखाइएको छ ।
त्यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेहरा पनि देख्न सकिन्छ ।

आफ्नो साप्ताहिक प्रेसवार्तामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने “संसदमा जुन भित्तेचित्र राखिएको छ , त्यसले अशोक सम्राटको साम्राज्य विस्तारलाई दर्शाएको हो । यो भित्तेचित्र अशोकको जिम्मेवारी र जनताप्रति समर्पित गभर्नेन्सको वर्णन हो । ”
बागचीले नेपालसंगको आधिकारिक वार्तामा त्यस विषयमा कुनै कुराकानी नभएको पनि बताए । यसअघि नेपालका सत्तारुढ नेताहरुले त्यस भित्तेचित्रप्रति प्रश्न उठाएका थिए ।नेपालका इतिहासकारहरुले पनि त्यसलाई गलत बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्