झापा, जेठ २१ । कोशी नाम खारेजीको मागसहित आन्दोलनरत पहिचानवादीहरुले प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलामाथि कालो झण्डा देखाउँदै आक्रमणको प्रयास गरेका छन् ।

सिटौलामाथि हिजो उदयपुरको जलजलेमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै आक्रमण प्रयास गरेका हुन् । कालो झन्डा देखाउँदै आफ्नो गाडीलाई रोक्ने प्रयास गरेकोमा आफूहरुले गाडी नरोकेको मन्त्री सिटौलाले बताए । ‘ एकजनाले गाडीको सीसामाथि हातले हिर्काउँदै थिए’उनले भने,‘तर हामीले गाडी हिडाइहाल्यौं ।’

त्यसअघि उनीहरुले अस्ति धरानमा मुख्यमन्त्री हिक्मत कार्कीलाई कालो झण्डा देखाएका थिए । प्रदेश सरकारले वार्ताका लागि आव्हान गरिसकेपनि पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्