झापा , जेठ २४ । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ वर्षीया मुना देवी कार्की र सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ रहेका छन् । कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनीहरु दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्