झापा , जेठ २५ । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्दै जाने जनाएको छ ।

महाशाखाले विशेषगरी तराई-मधेशमा जेठ २८ सम्म तातो हावा तथा ‘लू’को सम्भावना रहने बताएको छ । मौसमविद् गोविन्द झाका अनुसार बिहीबार पूर्वको विराटनगरदेखि पश्चिम नेपालगञ्जसम्मको तापक्रम ४२ डिग्री सेल्यिससम्म पुग्ने सम्भावना छ । यसअघि हिजो सबैभन्दा बढी जनकपुरको तापक्रम ४२.२ डिग्री सेल्सियससम्म मापन भएको थियो । यस्तै नेपालगञ्जमा ४१.६ डिग्री सेल्सियस र भैरहवामा ४१.८ डिग्री सेल्सियस मापन भएको थियो । यस्तै काठमाडौंको उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान रहेको छ । बिहीबार पहाडी भूभागका थोरै एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्