झापा, जेठ २५ । नेपाल रग्बी संघको आयोजनामा इलामको माई नगरपालिकामा राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ ।

यही जेठ २६ र २७ गते माई नगरपालिकाको शुक्रवारे खेलमैदानमा नेशनल अन्डर ट्वान्टी सेभेन साइट टुर्नामेन्ट हुने भएको हो । प्रतियोगितामा हिमालयन टाइगर रग्बी क्लब , हेटौडा रगर्स , कटारी रग्बी क्लब , कणर्ाली रग्बी क्लब, बर्दिबास रग्बी क्लबको महिला र पुरुष गरी १० वटा टीमको सहभागिता रहने भएको छ ।

नेपाल रग्बी संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । सम्मेलनमा बोल्दै रग्बी संघका कोशी प्रदेश अध्यक्ष विनोद कटुवालले नेपालमा भर्खरै भित्रिएको रग्बी खेलको विकासको लागि सो प्रतियोगिता आयोजना गरिएको बताए । उनले आगामी अगस्ट १९ र २० गते हुने अन्डर ट्वान्टी छनोट प्रतियोगिताका लागि समेत सो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार पाउने भएका छन् । कार्यक्रममा नेपाल रग्बी संघ झापाका अध्यक्ष महेन्द्र खनाल , प्रशासन प्रमुख वासुदेव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्