झापा, जेठ २७ । अत्यधिक गर्मीले जनजीवन कष्टकर बनिरहेको बेला झापामा नेपाल विद्युत् प्राधिकरणले आज शनिवार पाँच घण्टा विद्युत् सेवा अवरुद्ध गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्र र भद्रपुर वितरण केन्द्रले शुक्रबार सूचना जारी गर्दै सेवा अवरुद्ध हुन लागेको जानकारी गराएका छन् ।
विद्युत् प्राधिकरण अनारमनि सबस्टेशनस्थित १३२ केभी दमक अनारमनि लाइनको बी फेजको wave trape र DSबिचको Jumper चुँडिन लागेकोले सो कार्यको मर्मत सम्भार र बदली गर्ने कार्य तथा ३० एमभिएको पावर ट्रान्सफरमर नम्बर १ र नयाँ ६३ एमभिएको जडान भई चार्ज हुन लागेको पावर ट्रान्सफरमर १३२ केभी साइडको Isolator र Jumper हरूको तथा अन्य आवश्यक चेकजाँच, मर्मत सम्भार कार्य गर्नुपर्ने भएकोले आज शनिवार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सो लाइन सटडाउन हुने भएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्