झापा, जेठ २९ । ओलम्पिक डेको अवसरमा नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्टस फर अल कमिशन कोशी प्रदेशले प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ ।

स्पोर्टस फर अल कमिशन कोशी प्रदेशले आज बिर्तामोडमा एक कार्यक्रम गरी बक्सिङ खेलका ६ जना प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको हो । सम्मानित हुने प्रशिक्षकहरुमा किशोर लिम्बू सुनसरी , डम्बरबहादुर लिम्बू झापा , निमा तामाङ सुनसरी , केशरकुमार मगर झापा र धनबहादुर मगर उदयपुर रहेका छन् ।

त्यस्तै बक्सिङका पूर्व राष्ट्रिय खेलाडी बिर्तामोड निवासी गोपाल बस्नेतलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला ,कार्यक्रमका अध्यक्ष स्पोर्टस फर अल कमिशन कोशी प्रदेश अध्यक्ष भोजराज सिटौलालगायतले सम्मान गरेका थिए ।

प्रदेश अध्यक्ष सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बास्तोला , नेपाली कांग्रेसकी प्रदेश सदस्य मीरा खडका , नेपाल बक्सिङ संघका जिल्ला अध्यक्ष युवराज खडका , सम्मानित व्यक्तित्व किशोर लिम्बूलगायतले बोलेका थिए । स्पोर्टस फर अल कमिशन कोशी प्रदेशका महासचिव सजेश शिवाकोटीले स्वागत गरेको कार्यक्रमको संचालन संचारकर्मी केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्