झापा , जेठ ३० । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एले नेपाललाई ९ रनले पराजित गरेको छ ।

पाकिस्तानले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सकेको हो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २० तथा कविता जोशीले १५ रनको योगदान दिइन् । ज्योति पाण्डे ९ रन बनाएर नटआउट रहिन् । नेपालले टस जितेर पहिला बलिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा समेट्न सफल भएको थियो । हङकङको मङकक क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानकी सवाल जुल्फिकरले सर्वाधिक २८ रन बनाइन् भने कप्तान फातिमा सानाले १६ रन बनाइन् । नेपालका लागि इन्दु वर्माले ३ तथा कविता कुँवर, कविता जोशी र सीता रानामगरले २-२ विकेट लिइन् । एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्