झापा , जेठ ३० । कलमा मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका-५ भङ्साबारीमा सोमबार दिउँसो एकजनाको मृत्यु भएको हो । विद्यानन्द ठाकुरको घरमा नयाँ कल गाडेर मोटर जोड्ने क्रममा करेन्ट लाग्दा ग्रामथान-३ का अन्दाजी ४६ वर्षीय सिरु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दिउँसो २ बजेतिर करेन्ट लागेर माझी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी उनले दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।