झापा , जेठ ३२ । पशुपंक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दमक नगरपालिका-३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतको २०७८ साल पुस २२ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका भट्टराईलाई ६ महिना कैद तथा सजाय तोकिएको थियो । सोही दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा कारागार चलान गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्