झापा , जेठ ३२ । पूर्वाञ्चल विश्वविद्यालयमा आजदेखि हुने भनिएको परीक्षा रोकिएको छ ।

ईन्जिनियरिङ संकाय अन्तर्गत विभिन्न सेमिस्टरको परीक्षाको समय तोकिएको थियो । तर परीक्षा व्यवस्थापन कार्यालयमा लगाईएको तालाबन्दीका कारण परीक्षा रोकिएको हो । कार्यालयले यसअघि नै सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको थियो । ती परीक्षाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो । सेवा आयोगका अध्यक्ष महेश दहालमाथि कालोमोसो फ्याकिएपछि पूर्वाञ्चल विश्वविद्यालयको माहोल तातेको छ । स्थानीयले दस्ता नै खडा गरेर प्रतिवाद गर्दै आएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्