झापा, जेठ ३२। अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधवार साँझ ६ बजे भद्रपुर नगरपालिका वडा नं.७ स्थित देउनिया खोलाबाट अवैध रुपमा प्र.१–०१–००१ त.८७६६, प्र.१–०१–००१ त.८०७४, मे.१त.४८६२ र अल्फाबेट नखुलेको ९९०४ नं.को ४ वटा ट्रयाक्टरले ढुङ्गा, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।ती सवारीसाधनलाई आवश्यक कार्वाहीको लागि भद्रपुर नगरपालिकाको कार्यालयमा बुझाईएको डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्