बिर्तामोड,असार १ । राजवंशी समाज विकास समिति बिर्तामोडको अध्यक्षमा सिरतलाल राजवंशी (सुमन) निर्वाचित भएका छन् ।

हिजो बिर्तामोड– ३ स्थित गौरवति सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानको सभाहलमा भएको तेस्रो नगर अधिवेशनबाट राजवंशी सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा रतन राजवंशी , महिला उपाध्यक्ष आनन्दी राजवंशी , सचिव बालकृष्ण राजवंशी , सहसचिव झलकसिंह राजवंशी र कोषाध्यक्षमा सावित्री राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजकुमारसिंह राजवंशी , सत्यन राजवंशी , सम्पतलाल राजवंशी , रन्जितकुमार राजवंशी , सम्फ राजवंशी , सरिता राजवंशी , भाग्यवती राजवंशी , धमकदेवी राजवंशी र श्यामकुमारी राजवंशी चयन भएको निर्वाचन समितिका संयोजक जगतबन्धु राजवंशीले बताए । नयाँ समिति चयन गर्न जगतबन्धु राजवंशीको संयोजकत्वमा सल्पना राजवंशी र पूर्णप्रसाद राजवंशी रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जितलाल राजवंशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय सल्लाहकार आसिनलनल राजवंशी , जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी ,वडा सदस्य रमा राजवंशी , पूर्व वडा सदस्य गंगालाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष जितलाल राजवंशीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सावित्री राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव बालकृष्ण राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्