इलाम, असार १ । सवारी चालक अनुमतिपत्र नभई चलाएका १७ वटा अटो रिक्सा इलाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाम जिल्लाभित्र संचालित अटो रिक्सा चालकहरुले बिनालाईसन्स अटो चलाईरहेको भन्ने सूचना प्राप्त भएपश्चात् जिल्ला प्रहरी कार्यालय इलामले बिशेष अभियान संचालन गरेको छ । त्यसक्रममा इलाम जिल्लाको बिभिन्न स्थानमा चल्ने अटो रिक्सा चेकजाँच गर्ने क्रममा सवारी चालक अनुमतिपत्र नभई चलाएका १७ वटा अटो रिक्सा नियन्त्रणमा लिइएको थियो ।

अटो रिक्साहरुलाई लाईसेन्स प्राप्त चालक राखी संचालन गर्ने वा आफैले लाईसेन्स लिएपछि मात्र चलाउने गरी सम्बन्धित सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्