इलाम, असार १ । प्रहरी चौकी महमाई इलामले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबीसहित ४ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

माई नगरपालिका ७ स्थित माईखोला पुलनजिक जेसीबी लगाई अबैध रुपमा खोलाजन्य पदार्थ उत्खनन् गरी ओसारपोसार गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

जेसीबीसहित ४ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि शुक्रवार नै माई नगरपालिकाको कार्यालय इलाममा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्