कन्काई, असार २ । पानी पोखरेल कुलवंश प्रतिष्ठानको कनकाई नगरपालिका १ सुरुङ्गामा रहेको १० कट्ठा खाली जमिनमा आज बृहद् बृक्षरोपण गरिएको छ ।

झापा र मोरङका विभिन्न स्थानमा बसोबास गर्ने पोखरेल बन्धुहरुले भेला भई सो कुल देवता पुजनस्थलमा टिक,मसला,खयर,मलेसियन सखुवा,बडहर, इन्चाकलगायतका विभिन्न प्रजातिका करिब ४०० बिरुवा रोपेका हुन् । स्थानीय बासीहरुको सहयोग रहेको बृक्षरोपण कार्यक्रममा बिरुवाको प्रबन्ध डिभिजन बन कार्यालय झापा र प्रजापति सामुदायिक वनले निःशुल्क उपलब्ध गराएको पानी पोख्रेल कुलवंश प्रतिष्ठानका सचिव हेम पोखरेलले बताए ।

खोला नजिकको खाली जग्गामा बृक्षरोपण गर्नाले बाढीबाट हुने कटानबाट जमिन संरक्षण हुनुका साथै वातावरणीय पर्यावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने कुरा कार्यक्रमका संयोजक राजन पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्