झापा, असार २ । असारदेखि खोला बन्द गरिएपनि अवैध रुपमा उत्खनन् गर्ने कार्य रोकिएको छैन ।

प्रहरीले अवैध उत्खनन्मा संलग्न धेरै सवारीसाधनलाई नियन्त्रणमा लिई कार्वाही गरिसकेको छ । तर पनि उत्खनन् गर्नेक्रम रोकिएको छैन ।यसक्रममा शनिवार बिहान ९.३० बजे
बुद्धशान्ति गाउँपालिका वडा नं.१ स्थित बिरिङ खोलाबाट ना.७ ख.३६२६ र ना.५ ख. ६९९५ नम्बरको २ वटा टिपरले अवैध तवरले खोला उत्खनन् गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

दुवै टिपरलाई आवश्यक कार्वाहीको लागि बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्