झापा, असार ३ । झापाको कनकाई नगरपालिका– ३ सुरुङ्गास्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान हायसको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ ।

बिहान ६.३० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ८६३७ नं को हायसले विपरित दिशाबाट आउँदै मधेस प्रदेश –०३–०२८ प ६३४४ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका स्कुटर चालक शिवसताक्षी नगरपालिका– ११ बस्ने ४५ वर्षिय मानबहादुर बेघालाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि हायस र हायस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्