झापा, असार ३ । कृषि ज्ञान केन्द्र झापाले यस वर्ष मेशिनबाट धान रोप्ने तयारी गरेको छ ।

मेशिनबाट रोप्न तयारी धानको नर्सरी

सहकारी संस्थासंग मिलेर कृषि ज्ञान केन्द्रले राइस ट्रान्सप्लान्टर मेशिनद्वारा धान रोप्ने तयारी गरेको हो । रोपाइका लागि नर्सरी तयार हुन लागेको छ । यस वर्ष सहकारी संस्थासंगको सहकार्यमा ८० विगाह क्षेत्रफलमा मेशिनले धान रोप्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले पानी पर्न थालेसंगै झापाका किसानहरुले रोपाइ शुरु गरिसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्