झापा, असार ४ । झापामा एक कैदीबन्दीको मृत्युु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ । आइतवार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको झापा कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिए । लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल बिताइरहेका थापाको कैद समयावधि ५ बर्ष रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्