झापा , असार ४ । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको छ ।

सोमबार विराटनगरको विग होटलमा बसेको वार्ता टोली निष्कर्षबिना नै उठेको हो। वार्ता सोहार्दपूणर् रहेको सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले बताए । उनले नामकरणको विषय वस्तुमा प्रवेश गरेको बताउँदै वार्ता पुनः बस्ने सहमति रहेको बताए । पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्ता विना निष्कर्ष टुङ्गिएको बताए । ०७९ फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको कोशी नामको विरोधमा पहिचान पक्षधर पछिल्लो समय सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्