एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् ।

उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् । सोमबार राति अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ । अस्पतालको मेडिकल बुलेटिनमा लेखेका छ , ‘उपासना कामिनेनी र राम चरणले २० जून २०२३ मा हैदराबादको अपोलो अस्पताल जुबली हिल्समा छोरीलाई जन्म दिएका छन् । अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक भएको जानकारी दिएको छ । यी दुईलाई धेरैले बधाई दिइरहेका छन् । १४ जून २०१२ मा यी दुईको विवाह भएको थियो । विवाहको ११ वर्षपछि उनीहरुले छोरी जन्माएका हुन् । उपासनाले आफ्नो डिम्ब फ्रिज गरेर राखेकी थिइन् । उपासना पहिला आफ्नो करियरमा केन्द्रित हुन चाहन्थिन् । आमा बन्न उनले समय पनि लिइन् । राम चरण दक्षिणका ठूला स्टार हुन् । यस्तै उनकी श्रीमती उपासना व्यवसायी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्