झापा , असार ५ । पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

REFERENCE IMAGE

म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादीमा सोमबार साँझ पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमा काम गर्ने एकको मृत्यु र दुईजना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका-७ का ३३ वर्षीय भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । यसैगरी सोही ठाउँका ४५ वर्षीय कृष्ण लिङदेन र उदयपुरको कटारी नगरपालकिा-७ का ४० वर्षीय बलबहादुर राई घाइते भएका छन् । टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका बेला तिनैजना घाइते भएका थिए । पहिरोले पुरिएका तिनैजना घाइतेलाई तत्काल उद्धार गरी रत्न हरी मेमोरियल अस्पताल दमौलीमा पुर्‍याएका भुजेलको मृत्यु भएको खाणको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्