भद्रपुर, असार ६ । अतिरिक्त हुलाकमा कार्यरत झापाका कर्मचारीहरु सरकारको अतिरिक्त हुलाक खारेज गर्ने निर्णयबिरूद्ध आन्दोलनमा उत्रिएका छन् ।


नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन झापाको नेतृत्वमा बजेट भाषणको बुँदा नम्बर ३७४ मा उल्लेख भएको अतिरिक्त हुलाक खारेज गर्ने निर्णय सच्याउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
एशोसिएसनका झापा अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वको टोलीले जिल्ला हुलाक कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
जिल्ला प्रशासन, प्रहरी र नेपाल पत्रकार महासंघ झापालाई समेत बोधार्थ पठाइएको ज्ञापनपत्रमा बजेट भाषणको वक्तव्य नम्बर ३७४ प्रति आपत्ति जनाउँदै खारेजको माग गरिएको छ । माग सुनुवाइ नभए हुलाक सेवा ठप्प पार्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्