झापा , असार ७ । इलामको राँकेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ साथै एकजना घाइते भएका छन् ।

बुधबार इलामबाट राँकेतर्फ गइरहेको मे १ त २५२३ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खस्दा एकजनाको दुर्घटना स्थलमा नै मृत्यु भएको र एकजना सामान्य घाइते भएका छन् । घाइतेलाई इलाम अस्पतालमा लगी उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरीले जानाएको छ । घटना स्थलमा प्रहरी गएर के कारणले दुर्घटना भएको अनुसन्धान भई रहेको र अहिलेसम्म मृतकको पहिचान नभएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्