बिर्तामोड, असार ७ । अध्यक्षमा कृशा दुलाललाई चयन गर्दै एभरेष्ट स्मार्ट बाल क्लबको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

बिर्तामोड- ६ स्थित एभरेष्ट स्मार्ट स्कुलमा रहेको बाल क्लबको उपाध्यक्षमा नियम ओली, सचिव उश्नवी मैनाली,सहसचिव प्रशन्न थापा,कोषाध्यक्ष गौरवी शाही चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा अनन्या अग्रवाल,इशिका नेपाल, दिक्षा दुलाल,बिनम्र बराल,श्रेया शिवाकोटी ,दिया उप्रेती ,निर्जरा पराजुली,दिब्यान खतिवडा ,आवास उप्रेती सर्वसम्मत निर्वाचित भएको फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिईन् ।

उश्नवी मैनालीले संचालन गरेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल ,बिद्यालय प्रधानाध्यापक अनुप शर्माले शुभकामना राखेका थिए । अध्यक्ष निर्या शाहले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष निकिता तामाङले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सोही कार्यक्रमका बीच सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिमा नित्या शाह, शिक्षक रोजी तामाङ,दिनेश पौडेल ,साबित्रा भट्टराई रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्