झापा, असार ८ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ ।

पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षिय रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षिया शिवमाया गुरुङको मृत्यु भएको हो । त्यसैगरी उनका छोरा १० वर्षिय दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपकबहादुर केसीले बताए ।

स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए । उद्धारका लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्