झापा , असार ८ । झापा गाउँपालिका वडा नं. ४स्थित झापा बजारबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

हिजो दिउँसो ३ बजे झापा बजारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले काठमाण्डौँ चन्द्रगिरी नगरपालिका वडा नं.१५ बस्ने ३८ वर्षिय अच्युतकुमार मगरलाई १७ ग्राम १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भईरहेको डीएसपी खगेन्द्र रिजालले बताए ।



