भद्रपुर, असार ८ । बाल यौनदुरुपयोग गरी फरार रहेका भद्रपुरका एक बृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ का ६० वर्षीय जयनारायण साह रहेका छन् । झापा जिल्ला अदालतको २०७९ बैशाख ७ गतेको फैसला अनुसार बाल यौन दुरुपयोग मुद्दामा ४ महिना कैद सजाय ४ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । फरार रहेका साहलाई खोजी गर्दा उनी आफै उपस्थित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै चोरी मुद्धामा फरार अर्का प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ का २५ वर्षीय सञ्जय दुलाल भन्ने अविनारायण दुलाल रहेका छन् । झापा जिल्ला अदालतको २०७७ माघ १३ गतेको फैसला अनुसार चोरी मुद्दामा दुलाललाई ३ महिना कैद सजाय तथा ४ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । पक्राउ परेका दुवैलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्