झापा, असार १० । बिर्तामोड नगरपालिकाले श्रमिक परिचयपत्र नदिएर अन्याय गरेको भन्दै साना निर्माणकर्मी संघ झापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठलाई भेटेर बिर्तामोड नगरपालिकाबाट श्रमिक परिचयपत्र उपलब्ध हुने वातावरण तयार गर्नका लागि पहल गरिदिन आग्रह गरेको हो । बिर्तामोड नगरपालिकाले पार्टीका भ्रातृ संगठन ट्रेड युनियनबाट सिफारिस भएमात्र परिचयपत्र दिन सकिने र नवीकरण गर्न सकिने प्रावधान राखेको छ ।

त्यस प्रावधानको पटकपटक विरोध गरेपनि आफूहरुको मागलाई सुनवाई नभएकोले परिचयपत्र लिनबाट बंचित हुनुपरेको संघका अध्यक्ष केदार राजवंशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ । कुनै राजनीतिक दलसंग आवद्ध नरही स्वतन्त्र भई श्रमिक बन्ने आफूहरुको प्राकृतिक अधिकार गंभीर हनन भएकोतर्फ ध्यानाकर्षण गराइएको छ ।संघमा ४ सयभन्दा बढी साना निर्माणकर्मी आवद्ध रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्