बिर्तामोड, असार १० । भुतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीले गुरु पूर्णिमाका दिन गर्न लागेको सम्मान तथा अभिनन्दन कार्यक्रमको तयारी तीब्र पारिएको छ ।

गत वर्षझैं यस वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले सेवानिवृत्त भएका शिक्षक र विद्यालय कर्मचारीहरुलाई सम्मान गर्न लागेको हो । गुरु पूर्णिमाका दिन यही असार १८ गते विद्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरी १२ जना शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मान गरिने समाजका कार्यवाहक अध्यक्ष मदनगोपाल सुब्बाले बताए । सेवानिवृत्त भएका ७० वर्ष उमेर पुगेका शिक्षकहरु किशोर प्रसाई , टेकनाथ न्यौपाने, कपिलमणि प्रसाई , मोहन ओली , मोहन पौड्याल , मोहनराज दाहाल , , दिलिपकुमार शर्मा , राधिकाकुमारी खड्का , लक्ष्मी ढकाल, दलबहादुर पुलामीलाई सम्मान गरिने भएको हो । त्यस्तै सेवानिवृत्त भएका विद्यालय कर्मचारीहरु जसबहादुर राई र उनकी पत्नी ज्ञानुमाया राईलाई पनि सम्मान गरिने कार्यवाहक अध्यक्ष सुब्बाले बताए । कार्यक्रम सम्पन्न गर्न मूल समितिबाहेक थप समितिहरु निर्माण गरिएको छ । प्रचारप्रसार समिति , सांस्कृतिक कार्यक्रम तयारी समिति ,मंच व्यवस्थापन समिति निर्माण गरिएको जनाइएको छ ।

यसअघि गत वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन ब्रजनन्द झा,मुकुन्द पौडेल ,रामप्रसाद पौडेल, विष्णुकुमार भट्टराई ,निरा प्रधान ,लिला निरौला ,तेजप्रसाद प्रसाई ,श्रीप्रसाद तिम्सिना,देवेन्द्र गौतम र चन्द्रप्रसाद भट्टराई गरी ११ जनालाई सम्मान गरेको थियो । गत वर्ष स्थापना भएको भुतपूर्व विद्यार्थी समाजले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्