झापा , असार ११ । झापामा बैङ्किङ कसुर र चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उच्च अदालत पाटनको २०७९ असार २७ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा एक दिन कैद, एक लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा ४ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भई फरार रहेका कमल गाउँपालिका-७ का ५५ वर्षीय मोहन ढकाल र झापा जिल्ला अदालतको २०७८ चैत ८ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा ६ महिना कैद ५५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका-५ का ३० वर्षीय मनोज ऋषिदेव रहेका छन् । पक्राउ गरिएका प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि झापा कारागार भद्रपुर पठाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्