झापा, असार ११ । झापाको अर्जुनधारा-७ स्थित गढीमा सञ्चालित मंगलश्री क्रसरमा टिपर पल्टिदा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

सोमवार दिउँसो ४.३० बजेको समयमा ताप्लेजुङ घर भई मंगलश्री क्रसरमा काम गर्ने अन्दाजी २२ वर्षिय अर्जुन भट्टराईको टिपर पल्टिदा मृत्यु भएको हो । ना १ क ७८९२ नम्बरको टिपरले क्रसरको हबमा मिक्सगिटी लोड गर्ने क्रममा टिपर पल्टिएर क्रसरको हबलाई किच्दा क्रसरको हब झरी किचिएर भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटीगई घटनास्थल सुरक्षित राखी थप बुझ्ने कार्य भईरहेको र थप कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । दुर्घटनापछि टिपर चालक अर्जुनधारा ४ बस्ने ५२ वर्षिय गजेन्द्रबहादुर कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्