झापा , असार १२ । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

आज बिहान ६.४० बजे शिबसताक्षी –९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको प्र.१–०२–००१क ३८७९ नं. को ट्रक र बिपरित दिशाबाट गईरहेको प्र १–०१–००च ७४८२ नं. को कार एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा कार चालक मोरङ उर्लाबारी ६ बस्ने ४५ वर्षिय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षिया कुमकुम चौधरीको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा मृतककी श्रीमती ४० वर्षिया सुजिता चौधरी (टाउको र शरीरको बिभिन्न भागमा चोट , अबस्था मध्यम) , मृतकका छोरा १० वर्षिय विवेक चौधरी, (बायाँ खुट्टामा चोट, अबस्था मध्यम) , ३६ वर्षिया रञ्जुदेबी चौधरी(अनुहारमा चोट, अबस्था मध्यम) , रतुवामाई १० बस्ने १९ वर्षिय रिकेश न्यौपाने( हातखुट्टामा चोट, अबस्था सामान्य) र उर्लाबारी –७ बस्ने ४० वर्षिया मुना शाह( हातखुट्टामा चोट, अबस्था सामान्य) रहेका छन् । परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घरतर्फ फर्किदै गरेका थिए ।

घाइते सबैको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्