झापा, असार १३ । कचनकवल गाउँपालिका– ७ बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थाको रकम हिनामिना गर्नेलाई कानून बमोजिम कार्वाही गर्न सिफारिस गरिएको छ ।

कचनकवल गाउँपालिकाले हिनामिनामा संलग्नलाई कार्वाही गर्न प्रहरीलाई सिफारिस गरेको हो । संस्थाका प्रवन्धक युवराज खत्री करिव दुई करोड रकम हिनामिना गरी फरार भएका छन् । कचनकवल ७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका हुन् ।

सहायक प्रवन्धक निरुमाया राजवंशीसंग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको खुल्न आएको छ । प्रवन्धक खत्री र सहायक प्रवन्धक राजवंशीले करिव दुई करोड रकम हिनामिना गरेको कुरा स्वीकार गर्दै मन्जुरीनामा गरेका छन् । सहकारी ऐनको दफा १२२ अनुसार कसूरदार देखिएका दुवैलाई कानूनी कार्वाही गर्न प्रहरीलाई सिफारिस गरिएको गाउँपालिकाका सहकारी शाखाका गौरव रिजालले बताए ।दुवैले कृत्रिम ऋणी खडा गरी त्यति धेरै रकम हिनामना गरेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्