झापा, असार १४ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ मा रहेको पाँचपोखरी सामुदायिक वनमा बिहीवार वृक्षरोपण गरेको छ ।

वृक्षरोपण दिवसको अवसर पारेर सामुदायिक वनक्षेत्रको पाँच हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोप्ने योजना रहेको कार्यालयले जनाएको छ । ।

“सन्ततिका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं “ भन्ने नाराका साथ आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा अरिदमन गण चारआली, इलाका प्रहरी कार्यालय बुधबारे, सामुदायिक वन उपभोक्ता महासंघलगायत स्थानीय उपभोक्ताको सहभागिता रहेको थियो । संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका वृक्षरोपण दिवसको अवसरमा विभिन्न जातका ३०० वटा बिरुवा रोपिएको र सो क्षेत्रमा करिव आठ हजार बिरुवा रोपिने रेन्जर डिल्लीराज खरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्