झापा, असार १५ । असार पन्ध्रसम्म झापामा २० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

असार पन्ध्रमा दही च्यूरा खाएर रोपाइँ शुरु गर्ने चलन रहेपनि झापाका किसानहरुले असार २ गते नै रोपाइँ शुरु गरेका थिए । नियमित वर्षा भइरहेकाले अहिले रोपाइँका लागि उपयुक्त रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।

यसैबीच २०औँ धान दिवसका अवसरमा आज झापाका विभिन्न स्थानमा सामूहिक रोपाइँ गरिदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मेचीनगरको दुवागढीमा कार्यक्रम आयोजना गरेको छ भने महारानीझोडा साना किसान सहकारी संस्थाले गौरादहमा , भद्रपुर नगरपालिकाले पृथ्वीनगरमा धान दिवसको कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्