एजेन्सी । चलचित्र ‘सत्यप्रेम की कथा’ ले आक्रामक अग्रिम बुकिङ गर्न सफल भएको छ ।

कार्तिक आर्यन र कियारा आडवाणीको यो फिल्म उत्कृष्ट अग्रिम बुकिङ गर्ने यस वर्षको पाँचौँ फिल्म बनेको छ । ‘सत्यप्रेम की कथा’ अघि कार्तिक आर्यन र कियारा आडवाणीको जोडी फिल्म ‘भुल भुलैया २’ मा देखिएको थियो । उक्त चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । ट्रेड विश्लेषक सुमित कँडेलका अनुसार ‘सत्यप्रेम की कथा’ ले देशका प्रमुख तीन वटै चेन आइनक्स, पीभीआर र सिनेपोलिसमार्फत गत बुधबार राति १० बजेसम्म मात्रै ५१ हजार ५०० टिकट बुक गरिसकेको छ । ट्रेड विश्लेषकले यसलाई कोभिड १९ महामारीपछिको यो मध्यम आकारको फिल्मको लागि उत्कृष्ट प्रि-सेल भएको बताए । ‘सत्यप्रेम की कथा’ मा कार्तिक आर्यन र कियारा आडवाणीको साथमा सुप्रिया पाठक कपूर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त र शिखा तलसानिया रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्