झापा, असार १६ । झापाको शरणामतीमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री वृद्धको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका– ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजेको समयमा झापा गाउँपालिका– ६ शरणामतीस्थित पन्थापाडा– शरणामती भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ८९४१ नम्बरको मोटसाइकलले पैदलयात्री सिटौलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका सिटौलालाई उपचार लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको र उनको आज विहान उपचारको क्रममा मृत्यु भएको डीएसपी रिजालले बताए ।
मोटरसाइकल चालक झापा गाउँपालिका –५ बस्ने नन्दकिशोर पोद्धारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्