बिर्तामोड, असार १६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनामा ४ करोड ४९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

शनिवार सत्रौ वार्षिक साधारणसभाका अवसरमा बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । उनले बैंकको हालसम्म कर्जा लगानी करिब रु १० अर्व ८० करोड र निक्षेप संकलन रु १३ अर्ब २५ करोड रहेको बताए । प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरुमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने गोयलले बताए । उनका अनुसार आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ । संचालक समितिका अध्यक्ष गोयलको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले संस्थापक समुहका शेयरधनीमध्येबाट ३ जना सञ्चालकहरु महेन्द्रकुमार गोयल, राजन शर्मा र अमितकुमार अग्रवाललाई निर्वाचित गरेको छ । सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी गणेशप्रसाद खनाललाई सम्मान गरिएको थियो ।
सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले दिएका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा प्रकाश पारेका थिए भने संस्थापक शेयरधनीहरु सुरेशकुमार अग्रवाल र गणेशप्रसाद खनालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

१ प्रतिक्रिया

  1. अनलाईन बिल तिर्दा पैसा गायब गरेर फिर्ता गर्दैन अनि कमाइ हाल्छ नि

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्