झापा, असार १७ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-२ मा आइतबार बिहान ट्रकको ठक्करबाट अटो टेम्पोका चालकको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको ना ६ ख १३७२ नम्बरको ट्रकले पश्चिमतर्फ आउँदै गरेको को २ अ २२९३ नम्बरको अटोलाई बिहान ९ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अटोका चालक पथरीशनिश्चरे-२ का अन्दाजी ५५ वर्षीय भीमशरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनालगत्तै ट्रक र चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४६ वर्षीय नेत्रप्रसाद मैनालीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको भण्डारीले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्