झापा , असार १७ । दक्षिण कोरियाबाट आउँदा आफ्नो सामान हराएको दाबी गर्दै सामाजिक सञ्जालमा गुनासो गरेका दामु दाइ भन्ने छविलाल भण्डारीले सोबारे सम्बन्धित एयरलाइन्ससँग दाबी/रिपोर्ट नै नगरेको पाइएको नेपाल वायुसेना निगमले प्रस्ट पारेको छ ।

भण्डारीले यसबारे सामाजिक सञ्जालमा गरेको गुनासोसम्बन्धी पोस्ट भाइरल भएपछि संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसमेतले चासो व्यक्त गरेका थिए । निगमका सह-प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार मन्त्री किरातीले यात्रुलाई तत्काल न्याय दिन दिएको निर्देशनअनुसार आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्सबाट गत असार १५ गते यात्रा गरेको तर ब्यागेज हराएको सम्बन्धमा नियमअनुसार ब्यागेज क्लेम डेस्कमा सम्बन्धित एयरलाइन्ससँग दाबी वा रिपोर्ट नगरेको पाइएको छ । यसबारे स्वयम् यात्रुले नै सामाजिक सञ्जालबाटै ब्यागेज भेटिएको जानकारी गराएको निगमको भनाई छ । साथै २ वटा मोबाइल ल्याएबापत भन्सार तिर्नुपरेको गुनासोको सम्बन्धमा उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्रअन्तर्गत पर्ने नभई अर्थ मन्त्रालयको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गत पर्ने स्पष्ट पारिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्