झापा, असार १७ । कोशी नाम खारेजीसहित प्रदेश नं १ को पुनः नामांकनको मागसहित आन्दोलित पहिचानवादीहरूले झापा जिल्लाका बिभिन्न सरकारी कार्यालयको साइनबोर्डमा लेखिएको कोशी प्रदेश नाम मेटाइदिएका छन् ।

पहिचानवादीहरूले आइतबार बिर्तामोड नगरपालिकासहित बिर्तामोडको १ नं वडा कार्यालय, यातायात व्यवस्था कार्यालय, खानेपानी तथा सरससफाई डिभिजन कार्यालय झापा, कृषि ज्ञान केन्द्र, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, कृषि विकास बैंक, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कलबलगुडीस्थित अनुसन्धान केन्द्र कार्यालयको साइन बोर्डमा लेखिएको कोशी प्रदेश नामलाई मेटाइदिएका हुन् ।

उनीहरुले कोशी लेखिएको ठाउँमा कालो रङले पोतेर १ नम्बर प्रदेश लेखेका छन् । कार्यालयहरूको भित्तामा टाँसिएको कोशी प्रदेश लेखिएको जनचेतनामूलक पोस्टर समेत सो समूहले च्यातेर फालेका थिए । गत फागुन १७ गते प्रदेशसभाको बहुमतले कोशी प्रदेश नामकरण गरेपछि पहिचानवादीहरूले निरन्तर आन्दोलन गरिरहेका छन् ।

बिर्तामोड नगरपालिकाको बोर्डमा लेखिएको १ नं. प्रदेश मेटाइयो

नेपाल आदिबासी जनजाति महासंघ झापा तथा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले ( NO KOSI ) कोशी नाम हटाउने कार्य महासंघका अध्यक्ष पाण्डवलाल चौधरीले बताए । उनले कोशी लेखिएको कार्यालयको बोर्ड मेटाउनुका साथै लेटरप्याडसमेत नष्ट गरिएको जानकारी दिए । यसैबीच बिर्तामोड नगरपालिकाको साईनबोर्डमा पहिचानवादीहरुले
कोशी प्रदेशको नाम हटाएर लेखिएको १ नं. प्रदेश आइतवार साँझ नगरपालिकाले मेटाइदिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्