झापा, असार १८ । साहित्यकार बिजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ ।


उनको अमेरिकी समय अनुसार आइतवार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका थिए ।
मेचीनगर वडा नं. ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा छिन् । अमेरिका गएको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका खरेलको पछिल्लो समय भेन्टिलेटरमा राखेर अमेरिकाको अस्पतालमा उपचार भइरहेको थियो ।
उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकीलगायतका थुप्रै कृति प्रकाशित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्