बिर्तामोड, असार १८ । बिर्तामोड ३ अनारमनीस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ ।

गुरु पूर्णिमाको अवसरमा विद्यालयका १२ जना पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको हो ।
विद्यालयका पूर्व शिक्षकहरु किशोर प्रसाई, टेकनाथ न्यौपाने, कपिलमणी प्रसाई, मोहनराज दाहाल, मोहनकुमार पौडेल, दिलिपकुमार शर्मा, दलबहादुर पुलामी, राधिकाकुमारी खड्का, मोहन ओली, लक्ष्मी ढकाललाई दोसल्ला , पानी तताउने इलेक्ट्रिक जग, तामाको जग, गिलाससहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो । त्यस्तै विद्यालयका पूर्व कर्मचारी जसबहादुर राई र ज्ञानुमाया राईलाई पनि भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ ।

समाजका उपाध्यक्ष मदन गोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व मोहन ओली , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाई , प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा पूर्व विद्यार्थी लीला अनमोलले गरेकी थिइन् ।

यसअघि गत वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन ब्रजनन्द झा,मुकुन्द पौडेल ,रामप्रसाद पौडेल, विष्णुकुमार भट्टराई ,निरा प्रधान ,लिला निरौला ,तेजप्रसाद प्रसाई ,श्रीप्रसाद तिम्सिना,देवेन्द्र गौतम र चन्द्रप्रसाद भट्टराई गरी ११ जनालाई सम्मान गरेको थियो । गत वर्ष स्थापना भएको भुतपूर्व विद्यार्थी समाजले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्