झापा,असार १९ । दाँतसम्बन्धी चिकित्सा सेवा गर्दै आएका डेन्टल चिकित्सकहरुको अतिरिक्त दक्षता विकास गर्ने उद्धेश्यले नेपाल डेन्टल एशोसिएसन झापाले सोमवार एकदिने प्रशिक्षण बिर्तामोडमा सम्पन्न गरेको छ ।

दाँतसम्बन्धी विशेषज्ञ एमडीएस (एन्डोडोन्टिस्ट) डा. निशान्त सिंह मिल्कीलाई भारतको पटनाबाट झिकाएर नेपाल डेन्टल एशोसिएसन झापाले डेन्टल चिकित्सकहरुलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा झापासहित विभिन्न जिल्लाका ४० जना डेन्टल चिकित्सकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शुभम् सप्लायर्सको सहकार्य तथा ओरिकेम इन्डिया र बेटर वेको सहयोग रहेको थियो ।

शुभम् सप्लायर्सका मेनेजिङ डाइरेक्टर हरि रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल डेन्टल एशोसिएसन झापाका अध्यक्ष डा.दीपक झा , पूर्व अध्यक्ष डा.हेरम्भ झा,सहजकर्ता डा.निशान्त सिंह मिल्की, डा. चन्द्रदेव यादवलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन डा. नेहाल मैनालीले गरेका थिए । दन्त उपचारमा दक्ष बनाउनका लागि नेपाल डेन्टल एशोसिएसन झापाले डेन्टल चिकित्सकहरुलाई समय समयमा विभिन्न प्रकारका प्रशिक्षण प्रदान गर्दै आएको महासचिव डा. मुकेश शाहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्