शिवसताक्षी, असार १९ । झापाको शिवसताक्षीबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका -९ स्थित झरना टोल निवासी २४ वर्षीया झरना बिक र उनका साथी कमल गाउँपालिका-३ निवासी २४ वर्षीया सन्ध्या राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिकले आफ्नै घरमा लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनको कोठा चेकजाँच गर्दा ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । त्यसपछि प्रहरीले बिकसँगै रहेकी साथी राईलाई समेत पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्