बिर्तामोड, असार २१ । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ ।

नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।

नगरपालिकाले ह्विल चियर २४ थान, स्टिल वाकर ३ थान, कम्वोड चियर ३ थान र एल्वो स्टिक २थान वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले अपाङ्गताहरुको क्षेत्रमा छुट्याएको बजेटबाट सामग्री खरिद गरि वितरण गरिएको बताइन् । उनले आगामी दिनमा आवश्यकता पहिचान गरेर थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै वितरण गरिएका सामग्रीको सहि सदुपयोग गर्न आग्रह गरिन् ।

सामग्री वितरण कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, शर्मिला राजवंशी, तिला गौतम, निर्मलादेवी सुनार, नेत्रहीन संघ झापाका प्रतिनिधि दिपक थापालगायतको उपस्थिति रहेको थियो ।
सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत शाखा प्रमुख डिल्ली दाहालले गरेका थिए । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्