इलाम, असार २२ । इलामको माइजोगमाई– २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन्।

बिहीबार राति माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षिया राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

खतिवडाका दुई श्रीमती थिए। कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पिताम्बरले राति १०.३० बजे जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। राधिकाको अनुहार र टाउकोमा चोट देखिएको छ । पिताम्बरको शव जेठी श्रीमती राधिकाको घरदेखि सय मिटर उत्तर बारीको रुखमा प्लाष्टिकको डोरीले झुन्डिएर आत्महत्या गरेको अबस्थामा बिहान ४ बजे फेला परेको प्रहरी निरीक्षक सुवेदीले बताए । कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको र जेठी श्रीमतीकी छोरी रचना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्