झापा, असार २२ । अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्।

रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी सिताराम रिजालले जानकारी दिए।

घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। ३१ वर्षीय ताम्राकारले फिल्म रानीबाट ‘करिअर’ थालेका थिए। उनले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा समेत अभिनय गरेका छन्। उनी केही दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’मा व्यस्त थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्